कुनैपनि जीव कर्म नगरीकन वस्न सक्तैन । कर्मगर्ने शक्ति दुईटा छन् । एक मन , अर्को शरीर । शरीरलाई पनि मनले नै संचालन गर्छ । मन परमात्माको प्रसाद हो । मन जीवन हो, सुख , दुख , राम्रो नराम्रो मन नै हो । स्वर्ग, नरक , वैकुन्ठ धाम पनि मन हो । काम, क्रोध, लोभ, मोह , पनि मनका उत्पादन हुन् । मनको स्वभाव चन्चल छ , मन परिवर्तनशील छ, मन संसार एवम् भव शागर पनि हो । राजा, रंक, धनी गरीव , विद्वान मूर्ख सवै मन हुन् र मन एव मनुष्याणाम् कारणम् वन्ध मोक्षणम् । वन्धन र मोक्ष पनि मन हो । संसार भरका सवै जीवहरु मनवाट संचालित छन् र करीव ९९.९९९९९९९ …….% मानिसहरु पनि मनवाट नै संचालित छन् । मनलाई मार्न सकीन्न, केवल व्यवस्थापन गर्न सकीन्छ , जुन हाम्रा ऋषिमुनीहरुले गरेका थिए ।यसैले कर्मविना जीव नरहने र कर्म मनले गर्ने भएकोले यी दुवैको तादात्मता गर्न सकियो भने दुख हुदैन र जीवनको समय सजिलै व्यतीत हुन्छ । यसैले परमात्माले नवोलाईन्जेल संम यही वस्नपर्ने हुदा र मान्छे १ पलपनि कर्म नगरीकन वस्न नसक्ने भएकोले यथार्थमा कुनैपनि काम दिनकटाउने मेलो हो । यति वुझेमा दुख हुदैन ।